शनिबार, माघ २१, २०७९

जोकोबीचलाई रोक्ने कोही छ अष्ट्रेलियन ओपनमा?

नेपाल समय  |  काठमाडौं, मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९, काठमाडौं

नेपाल समय

यो वर्ष पनि उपाधि जिते भने नोभाक जोकोबीचले अष्ट्रेलियन ओपनमा १० पटक उपाधि जित्ने खेलाडीको रेकर्ड बनाउने छन्। पुरुषतर्फको ग्राण्डस्लामको उपाधिका लागि उनी तयार देखिन्छन्। उनी मेलबर्नको माटोमा चोटका बाबजुद धेरै उचाइमा छन् र फर्ममा खेलिरहेका छन्। यस्तोमा उनलाई १० औं पटक जित्नबाट रोक्न सक्ने कुनै खेलाडी होला त?

ओपनमा विश्व वरियताका शीर्ष १० भित्र रहेका दुई खेलाडी मात्र बचेका छन्। क्वार्टरफाइनलका खेल बाँकी रहेको प्रतियोगितामा यो निकै नौलो अवस्था हो। प्रतिस्पर्धामा राफेल नाडाल र कास्पर रुढले पनि चाँडै घरको टिकट काट्नु परेपछि अहिले नाडालको निकट प्रतिद्वन्द्वी प्रतियोगितामा बचेका छैनन्। तर अहिले २१ पटकका ग्राण्डस्लाम विजेता जोकोबीच भने प्रतियोगिता खेलिरहेका छन्। उनी नै प्रतियोगितामा प्रमुख दाबेदार रहेका छन्। ह्यामस्ट्रिङ इन्ज्युरीका बाबजुद पनि जोकोबीचले पछिल्ला चार खेलमा एक सेटमा मात्र हार बेहोरेका छन्। अहिले उनी पछिल्लो वर्ष उपस्थित हुन नसकेको बदला लिने भावमा पनि अष्ट्रेलिया पुगेका छन्।

कोभिडको रिपोर्ट र खोपको प्रमाण नपुगेपछि उनले अष्ट्रेलिया पुगेर पनि पछिल्ला वर्ष खेल्न पाएका थिएनन्। र, साथै खेल्नका लागि अयोग्य पनि भएका थिए। पूर्व विश्व नम्बर वानलाई अष्ट्रेलिया सरकारले त्यहाँ जानै प्रतिबन्ध लगाएको थियो। उनको भिसा रद्द गरिएको थियो। यद्यपि त्यसको अर्को वर्ष उनी झनै बलियो बनेर फर्किएका छन्। उनले अष्ट्रेलियन ओपनमा सन् २०१८ यता हार बेहोरेकै छैनन्। यो वर्ष उनलाई कसैले हराउला? यहाँ उनका बचेका प्रतिद्वन्द्वीबारे चर्चा गरिएको छ।

एन्ड्री रुब्लेव
पाँचौं वरियताका रुब्लेव उनलाई हराउन सक्षम टेनिस स्टार हुन्। अब उनले क्वाटरफाइनलमा जोकोबीचको सामना गर्नेछन्। रसियन स्टार पछिल्लो खेलमा ५–० पछि परेको अवस्थाबाट क्वार्टरफाइनल पुगेका हुन्। उनले डेनिसका १९ वर्षे होल्गरलाई चौथो राउन्डमा हराएका थिए। २५ वर्षे रुब्लेवले यो वर्ष सेमिफाइनल पुग्ने आशा राखेका छन्। तर उनले जोकोबीचसँग पछिल्ला दुई खेलमा सोझो सेटमा हार बेहोरेका थिए।

स्टेफेनोस सिसिपास
ग्रिकका यी २४ वर्षे स्टार टेनिस खेलाडी विश्व वरियताको तेस्रोे स्थानका खेलाडी हुन्। यो ड्रमा बचेका उनी नै शीर्ष वरियताका खेलाडी हुन्। त्यसैले उनलाई जोकोबीच हराउने सक्ने खेलाडीको दर्जामा पनि अघि राखिएको छ।

तर उनी अझैसम्म सेमिफाइनल पुगेका छैनन्। र, त्यसका लागि क्वार्टरफाइनलको खेल पर्खिनु पर्ने हुन्छ। उनी पछिल्ला चार वर्षमध्ये तीन पटक सेमिफाइनल पुगेका छन्। त्यस्तै, सन् २०२१ को फ्रेन्च ओपनका फाइनलिस्ट हुन् सिसिपास। उनले चौथो राउन्डमा जान्निक सिन्नरले कमब्याक गर्नुपूर्व लगातार ११ सेटमा जित निकालेका थिए।

जिरी लेहेका
लेहेकाले यसअघि ग्राण्डस्लम जितेका छैनन्। र, उनी पहिलो पटक मुख्य प्रतियोगिताको अन्तिम आठमा पुगेका छन्। तर यी चेक खेलाडीका लागि क्वार्टरफाइनलमा सिसिपाससँगको भेट नै निकै कष्टदायी बन्नेछ। २१ वर्षे लेहेकाले क्वार्टरफाइनलमा जित निकालेको अवस्थामा उनलाई त्यो अवसर प्राप्त हुन सक्नेछ। तर उनले पछिल्लो वर्षका चारै ग्राण्डस्लामका खेलको पहिलो चरणमै हार बेहोरेका थिए। तर यो वर्ष उनले २१ औं स्थानका बोर्नालाई घर पठाएर आफ्नो क्षमता देखाइसकेका छन्।

करेना खचानोभ
विश्व वरियतामा २० औं स्थानमा रहेका २६ वर्षे खचानोभको अन्तिम १६ सम्मको यात्रा निकै रोमाञ्चक रहेको छ। उनले योसिहितो निशिओकालाई ६–०, ६–० र ७–६ (७–४)को सेटमा हराउँदै अन्तिम आठमा पुगेका थिए।

कहिल्यै तेस्रो चरणभन्दा अघि नपुगेका उनलाई यो वर्ष जोकोबीचको रेकर्डलाई रोक्ने अवसर छ। गत वर्षको यूएस ओपनको फाइनल चारमा पुगेका उनी यो वर्ष अर्को चरणमा पुग्ने लक्ष्यका साथ हरेक चरणहरु खेलिरहेका छन्।

सेबास्टियन कोर्डा
कार्डा पहिलो पटक अष्ट्रेलियाको मेलबर्नमा क्वाटरफाइनल पुगेका हुन्। अमेरिकाका २९ औं वरियताका कार्डाले अब क्वार्टरफाइनलमा खचानोभको सामना गर्नुपर्ने हुन्छ। उनीहरुमध्ये एकलाई मात्र अघि जाने अवसर छ।

कोर्डा, जो पूर्व टुर लेभल खेलाडी पिटर र रेगिनाका छोरा साथै विश्व वरियताको शीर्षस्थानकी पूर्व गल्फर नेल्लीका भाइ हुन्। उनले सन् २०२२ का फाइनलिस्ट डेनिल मेडमेडेभलाई तेस्रो चरणमै हराएका छन्। लाग्छ यी २२ वर्षे युवा भए पनि जितका भोका छन्। उनले अन्तिम १६ मा पनि १० औं वरियताका हुबर्ट हुर्काजसँग भेट गरेका थिए।

बेन सेल्टन
अमेरिकी २० वर्षे खेलाडी सेल्टनसँग कसैलाई पनि थाहा नभएका गुणहरु छन्। यि युवा खेलाडी कसरी अन्तिम आठसम्म पुगे त्यो नै महत्वपूर्ण कुरा हो। अमेरिका बाहिरको भ्रमणमा पहिलो पटक अष्ट्रेलिया पुगेका हुन् उनी। उनले मेलर्बनमा आफूले आशा गरेको भन्दा धेरै उपलब्धि हासिल गरिसकेको बताएका छन्।

अब उनलाई हारेर गुमाउनु केहि छैन। तर जितको भोक भने बाँकी रहेको बताएका छन्। उनी विश्व वरियताको ८९ औं स्थानमा छन्। उनले क्वार्टरफाइनलमा टोम्मी पउलको सामना गर्नेछन्।

टोम्मी पउल
अमेरिकी खेलाडी पउलका लागि यो प्रतियोगिता यसअघि नै सम्झनलायक बनिसकेको छ। उनले यो प्रतियोगितामा त्यस्ता धेरै उपलब्धि हासिल गरिसकेका छन्। मुख्य कुरा त के भने आफ्नो जीवनकै लामो ग्राण्डस्लाम खेलिरहेका २५ वर्षे युवाले भेट्रान खेलाडी रोबर्टो बउस्टिया अग्वेटलाई हराएका छन्। उनले चौथो चरणमा त्यो जित निकालेका थिए।

त्यस्तै, उनले मेलबर्नमा उसअघि नै स्पेनी खेलाडी अलेजेन्द्रो डाविडोविच फाकिनालाई पाँच सेटमा हराएका छन्।

- बीबीसीबाट



प्रकाशित: January 24, 2023 | 18:55:00 काठमाडौं, मंगलबार, माघ १०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

थप समाचार

नेपाल समय
भलिबल

राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्डको सुरुआति जित

आर्मीलाई हराउने क्रम अन्तर्गत न्यु डायमन्डले सोझो सेटमा जित निकाल्यो।
नेपाल समय
क्रिकेट

माइतीघरमा क्यान र सन्दीपविरुद्ध प्रदर्शन

क्यानले लामिछानेलाई शुक्रबारबाट बन्द प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेसँगै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ।
नेपाल समय
फुटबल

साफ यु-२० महिला च्याम्पियनसीप: पहिलो खेलमा नेपाल पराजित

अब नेपालले आफ्नो दोस्रो खेल आइतबार भूटानसँग खेल्नेछ।
नेपाल समय
क्रिकेट

सन्दीपबारे क्यानको निर्णय तत्काल फिर्ता हुनुपर्छ: गगन

अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा धेरैले आफ्नो धारणाबारे प्रश्न गरेको भन्दै थापाले ट्विटरमा धारणा सार्वजनिक गरेका हुन्। ‘
नेपाल समय
खेलकुद

विश्व टेनिस टुरमा अकी र आरभलाई डबल्स स्वर्ण

सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना