काठमाडौं- पूर्वप्रधानन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रेम आचार्यको आत्महत्या (आत्मदाह) लाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
हिजो बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन भएपछि बाबुरामले ट्विटरमा यस्तो लेखेका हुन्।
'यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिऊॅ र उपचार खोजौं। अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ। आरोपप्रत्यारोप हैन, आत्मसमीक्षा गरौं र सबैले आ-आफ्नो ठाउॅबाट भूमिका निर्वाह गरौं,' उनले भनेका छन्।