मलामी गएका एक युवक खोलाले बगाउँदा बेपत्ता भएका छन्। बैतडीको सिगास गाउँपालिका–२ का अन्दाजी २६ वर्षीय प्रकाशसिंह धामी बेपत्ता खोलाले बगाएर बेपत्ता भएका हुन्।
कञ्चनपुरबाट कैलालीतर्फ आउँदै गरेका २८ वर्षीय युवक बेलुका ६ बजेतिर मोहना नदी तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
अविरल वर्षापछि आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रका एक सय बढी घर डुबानमा परेका छन्। दोदा नदीमा आएको बाढी वस्तीमा पसेपछि जिल्लाको बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाका एक सय ८० घर डुबानमा परेका हुन्।