एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा चक्काजाम भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्।
त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ। ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दैछ।
डडेल्धुरा पार्टी सभापति कर्णबहादुर मल्लले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्यसमितिको समन्वयमा गरेको अधिवेशनलाई मात्रै स्वीकार गर्ने स्पष्ट पारेका छन्।