शनिबार, माघ २१, २०७९

अतिक्रमण नरोकिँदा जैविक महत्वको बसन्ता वन संकटमा

भीम चौधरी  |  काठमाडौं, मंगलबार, भदौ १५, २०७८

भीम चौधरी

भीम चौधरी

मंगलबार, भदौ १५, २०७८, काठमाडौं

नेपाल समय

धनगढी- पश्चिम नेपालको सबैभन्दा लामो, ठूलो र घना वन जंगल भएको बसन्ता क्षेत्र पातलिँदै गएको छ। भारतको दुधवा नेशनल पार्कदेखि नेपालको तराई हुँदै चुरेको जंगलसम्म फैलिएको बसन्तालाई अन्तर्राष्ट्रिय जैविक मार्ग मानिन्छ।

कूल ८३ हजार ४ सय ३८ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको बसन्ता वन क्षेत्रलाई नेपाल तथा भारतका दुर्लभ वनयजन्तु विचरण गर्ने थलोको रुपमा लिइन्छ।

पछिल्लो अध्ययनअनुसार बसन्ता वनको कुल ६९ हजार १ दशमलव २२ हेक्टर संरक्षित छ। सोमध्ये १४ हजार ४ सय ३७ दशमलव ६८ हेक्टर कृषि तथा आवादीमा छ।

डिभिजन वन कार्यालय, कैलालीको आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदनमा बसन्ता संरक्षित वनको क्षेत्रफल ६८ हजार ८ सय ३६ दशमलव ५३ हेक्टर मात्रै छ। यसले वसन्ता वनको संरक्षित क्षेत्र दिन प्रतिदिन घट्दै गएको प्रमाणित गरेको छ।

सन् १९५८ देखि सन् २००१ सम्म बसन्ता वनको १७ हजार ५ सय ६० हेक्टर क्षेत्र घटेको छ। ‘यसैगरी बसन्ता वन विनास हुँदै गयो भने बसन्ता जैविक मार्गको अस्तित्व ४० वर्षमा सकिनेछ’ वनविज्ञ एकराज सिग्देलले जनाएका छन्।

बसन्ता वन क्षेत्रमा कैलारी गाउँपालिकाका र भजनी नगरपालिकाका बाढी प्रभावितहरूले वस्ती बाक्लिँदै गएको छ। बसन्ता वनभित्र बस्ती विकास भएसँगै अन्य सरकारी संरचना, सडकलगायतका निर्माण पनि बढ्दै गएको छ। 

सो वन क्षेत्रबारे अध्ययन गरेका सिग्देलका अुनसार बसन्ता करिडोर क्षेत्रको वन वार्षिक चार सय आठ हेक्टरका दरले नासिँदै गएको छ।

बसन्ता वन क्षेत्रमा अतिक्रमण लामो समयदेखि हुन थालको हो। अतिक्रमण हटाउन वनले पटक–पटक अभियान चलाएको छ। तर, अतिक्रमण दोहोरिने क्रम जारी छ।

बसन्ता वन क्षेत्रमा कैलारी गाउँपालिकाका र भजनी नगरपालिकाका बाढी प्रभावितहरूले वस्ती बाक्लिँदै गएको छ। बसन्ता वनभित्र बस्ती विकास भएसँगै अन्य सरकारी संरचना, सडकलगायतका निर्माण पनि बढ्दै गएको छ। वन क्षेत्रमा मानव बस्ती बसेपछि विद्यालय, स्वास्थ्य सेवा, खेलमैदानलगायतका संरचना बनिरहेका भइरहेका छन्। यसले अन्नतः महत्वपूर्ण जैविक मार्ग नै मासिँदै गएकोमा संरक्षकर्मीहरू चिन्तित छन्।


सन् २००१ पछि बसन्ता जैविक मार्गको अवस्था विश्लेषण नभएको डिभिजन वन कार्यालय, धनगढीका प्रमुख रामचन्द्र कँडेल बताउँछन्। ‘बसन्ता वन अतिक्रमणमा परेको भए पनि अतिक्रमित वन र मौजुदा वनको विस्तृत सर्भे भएको छैन,’ डिभिजन वन प्रमुख कँडेलले भने, ‘राष्ट्रिय महत्वका ठूला विकास निर्माण आयोजना, हुलाकी सडक, सेती लोकमार्गका साथै स्थानीय तहले निर्माण गर्ने सडक, गौशाला, विद्यालय, खानेपानी आदिका कारण वन मासिने क्रम जारी छ। मुक्त कमैया, सुकुम्बासी तथा बाढीपीडितको नाममा अतिक्रमण जारी छ।’

गाउँमा बाढी पसेपछि वस्ती विकास

२०६२ सालमा बाढी प्रभावित भएका परिवारले सुरुमा शरण लिए। २०६४ सालमा कान्द्रा नदीको बाढी गाउँमा पसेपछि पुनः थप परिवारको शरण लिने ठाउँ बन्यो बसन्ता। 

छटकपुर बसन्तामा घर बनाएर बस्दै आएका महावीर चौधरीले २०६३ सालदेखि बसाबास गर्दै आएको बताए। ‘कान्द्रा नदीको बाढी गाउँ पसेपछि २०६३ सालदेखि यहाँ बस्दै आएको छु,’ चौधरीले भने, ‘बाढीले बस्ती प्रभावित भएपछि धेरै मानिसले यतै घर निर्माण गर्न थाले। अहिले यो बस्तीमा २ सय ६५ घरधुरी रहेका छन्।’

छटकपुर बसन्ता मात्र नभएर साविकको भुईयाँफाटा, बसन्ता लगायतका २० भन्दा बढी वन क्षेत्रमा अतिक्रमण गरी बसोबास भएको कँडेल बताउँछन्।


‘अहिले नयाँ बस्ती बस्न दिएका छैनौं। पुरानै बस्तीलाई हटाउने प्रयास गरिरहेका छौं,’ कँडेलले भने, ‘राजनीतिक दल, अधिकारकर्मी, सुरक्षाकर्मीको सहयोग नहुँदा समस्या भइरहेको छ। बसन्ता वन भित्र गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूको समेत घरटहरा रहेकाले अतिक्रमण हटाउन कठिनाई भइरहेको  छ।’

अतिक्रमण हटाउन हरेक वर्ष बजेट

संघीय र प्रदेश सरकारले बसन्ता वन क्षेत्रमा भइरहेको अतिक्रमण हटाउन हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ। गत आर्थिक वर्षमा संघीय सरकारले बसन्ता वन क्षेत्रको अतिक्रमण हटाउन डिभिजन वन कार्यालय धनगढी र पहलमानपुर वन कार्यालयका लागि ५०÷५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

०७५ साल जेठ ९ गते बसन्ता जैविकमार्गमा पर्ने हुलाकी छेउको जंगलमा बसपार्क र प्रतिक्षालय वनाउने भन्दै वनको जग्गा अतिक्रमण गरियो। तत्कालिन सेक्टर वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलको नेतृत्वमा ८ जनाको टोली अतिक्रमण हटाउन परिचालन भयो। तर, अतिक्रमणकारीहरूले उल्टै उनीहरूमाथि सांघातिक आक्रमण गरे। आक्रमणमा २ जना वन कर्मचारी घाइते भए।

कँडेलका अनुसार गत वर्ष बसन्ता वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने कार्य अघि बढेको। ‘तीन जनाले बनाएका टहराहरू हटाएपछि स्थानीयको असहयोग भयो र काम रोकियो,’ उनले भने। 

०७५ साल जेठ ९ गते बसन्ता जैविकमार्गमा पर्ने हुलाकी छेउको जंगलमा बसपार्क र प्रतिक्षालय वनाउने भन्दै वनको जग्गा अतिक्रमण गरियो। तत्कालिन सेक्टर वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलको नेतृत्वमा ८ जनाको टोली अतिक्रमण हटाउन परिचालन भयो। तर, अतिक्रमणकारीहरूले उल्टै उनीहरूमाथि सांघातिक आक्रमण गरे। आक्रमणमा २ जना वन कर्मचारी घाइते भए।

फोहोर पनि वनमै

अन्तर्राष्ट्रिय जैविकमार्गमै पर्ने बसन्ता वन क्षेत्रभित्रै गौरिगंगा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गरिरहेको छ। सामुदायिक वनमा कर्कटपाताले घेरेर फोहोरमैला फाल्ने कार्य भइरहेको छ।

झारपात र सानाठूला रुखले भरिएको सो सामुदायिक वनमा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गरिरहेको नगर प्रमुख भीमबहादुर देउवाले बताए। उनले भने, ‘हामीले फोहोरमैला र गौशाला सोही वन भित्रै व्यवस्थापन गरिरहेका छौं।’


जैविक मार्गभित्र फोहोरमैला फाल्दा त्यहाँ भएका जडिबुटी त मर्छन नै त्यहाँ रहेको लोपोन्मुख वन्यजन्तुहरूले समस्या झेल्दै आएको स्थानीय संरक्षणकर्मी घनश्याम पौडेल बताउँछन्। 

देखिन छाडे ठूला जनावर

स्थानीय थारु भाषामा बरका बनुवाको नामले चिनिने बसन्ता जैविक मार्ग बाघको पुस्तैनी वासस्थान रहेको बताइन्छ। ‘बाघ पुस्तौंदेखि बसन्ता वन क्षेत्रमा रहेको प्रमाण छ’ राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत संरक्षणकर्मी विजय श्रेष्ठले भने, ‘समय–समयमा बाघ र मानवबीचको लडाइँले वर्षौदेखि कैलालीमा बाघ रहेको पुष्टि गर्दछ।’

लगातारको अतिक्रमण तथा फडानीका कारण बसन्ता वन क्षेत्र ठाउँठाउँमा पातलिएको छ। बसन्ता पूर्वपश्चिम लोकमार्गमा सबैभन्दा साँघुरिएको छ। पूर्वपश्चिम हुलाकी मार्गमा १८ किलोमिटर मात्र छ। बसन्ताको दक्षिणी क्षेत्रबाट अतिक्रमण भई बसन्ता अब भारतको दुधवा नेशनल पार्कसँग करिब विच्छेदको अवस्थामा पुगेको छ। यसले गर्दा जैविक मार्गको अस्तित्व नै खतरामा परेको श्रेष्ठले बताए।


प्रकाशित: August 31, 2021 | 07:37:32 काठमाडौं, मंगलबार, भदौ १५, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

पक्की पुल अलपत्र, अस्थायीमा तिर्नुपर्छ पैसा

सो पुल नजिकै एक दशक अघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भएपनि पुल निर्माण कार्य अलपत्र परेको छ । त
नेपाल समय
सुदूरपश्चिम

सहजपुरका सुन्तला

सहजपुर क्षेत्र सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिन्छ।
नेपाल समय
सुदूरपश्चिम

'पढाइ, कमाइ र दबाइ' अभियान सुरु गर्दै सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन्।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना