शनिबार, माघ २१, २०७९

बागलुङका दुर्गम गाउँमा पुग्यो केन्द्रीय लाइन

नेपाल समय  |  काठमाडौं, मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९, काठमाडौं

नेपाल समय

ढोरपाटन- बागलुङको अधिकारीचौर गाउँमा १४ वर्ष अगाडि विद्युत् पुगेको थियो। बुढाथोक लघु जलविद्युत् आयोजनाबाट सुरु–सुरुमा उज्यालो पाएका स्थानीयवासी वर्षौंदेखि बर्खाको समयमा भने अन्धकारमा बस्दै आएका थिए।

हिउँदमा मर्मत गरे पनि बर्खामा भुजीखोलाले हाइड्रोपावर बगाउँदा अधिकारीचौरवासी आजित भएका थिए। अधिकांश रातहरु अँध्यारोमा बिताएका उनीहरुले अब त्यो नियति भोग्नुपर्ने छैन।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्कलगायत गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ। गाउँमा केन्द्रीय लाइनबाट उपलब्ध विद्युतले स्थानीयमा खुसी छाएको छ। विसं २०६५ मा बुढाथोक लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि गाउँमा विद्युत् पुगे पनि बाह्रै महिना बाल्न पाइएको थिएन। केन्द्रीय विद्युत् जडान भइसकेकाले अब बर्खामा पनि बिजुली बत्ती बाल्न पाइने स्थानीयवासी शालिकराम कँडेलले बताए।

विद्युत् प्राधिकरणको तीन महिनादेखि लगातारको प्रयासले अहिले गाउँमा केन्द्रीय लाइन आइपुगेको उल्लेख गर्दै  उनले स्थानीय हाइड्रोपावर हरेक वर्ष बाढीले बगाउँदा आफूहरु अन्धकारमा बस्न बाध्य भएको सुनाए। कँडेलले पटक–पटक बाढीले नहर तथा विद्युत् गृह बगाउँदा यस क्षेत्रका हजारौँ नागरिकले वर्षौंदेखि दुःख पाएको बताए। उनले भने, 'हिउँदभरि बनाउन लाग्थ्यो, बर्खा लागेपछि बगाइदिन्थ्यो, अब त बाढीले बगाउला भन्न पनि परेन, ठूलै मेसिनहरु चलाउँदा पनि पावर नपुग्ला भन्न पनि परेन, अब त गाउँमा पनि केन्द्रीय लाइन आयो, हामीहरुलाई धेरै खुसी लागेको छ, अब अँध्यारोमा टुकी वा दियालो बालेर बस्न पर्ने छैन, कहिलेकाहीँ बिग्रिने कुरा त स्वाभाविक नै भयो।'

गत असोजमा आएको बाढीले ६० किलोवाटको बुढाथोक लघुजल विद्युत् आयोजनाको नहरसहित टङ्कीमा ठूलो क्षति पुर्‍याएको थियो। केन्द्रीय लाइनले स्थानीयवासीलाई अँध्यारोबाट उज्यालोमा फर्काएको उक्त आयोजनाका अध्यक्ष नरेन्द्र कुँवरले बताए। उनले भुजीखोलाले बर्सेनि विद्युत् नहर तथा गृहमा क्षति पुर्‍याउँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य हुनाका साथै लाखौँको धनमाल नोक्सान हुने गरेको थियो भने। 'यो जलविद्युत् आयोजना सञ्चालनमा आएको चौध वर्षभन्दा बढी भयो, धेरै मिहेनत र दुःखले घरघरमा बिजुली पुगेको थियो तर बाढी–पहिराले हैरान बनायो, असोजमा पनि पहिराले नहर र ट्याङ्कीमा ठूलो क्षति पुर्‍यायो, अहिले मर्मत गरिरहेका छौँ', अध्यक्ष कुँवरले भन, 'अब धेरै सहज हुने भयो, गाउँमा बर्खामा पनि बिजुली बल्ने भयो, अब जनताले दुःख पाउने छैनन्, यो लघुजलविद्युत् पनि निर्माण भइरहेको छ, अब केही समयमै सञ्चालनमा आउने छ।'

अर्का स्थानीयवासी शिवराज कँडेलले स्थानीय हाइड्रोपावर समय–समयमा बिग्रँदा साना तथा मझौला उद्योगीहरु समस्यामा परेकामा अब उनीहरुलाई ठूलो राहत मिल्ने बताए। झन्डै तीन महिनादेखि अन्धकारमा रहेका अधिकारीचौर क्षेत्रका हजारौँ नागरिक केन्द्रीय लाइनले घर उज्यालो बनाउन पाउँदा खुसी बनेको उनको भनाइ थियो। 'हामीहरु स्थानीय विद्युत्को भरमा वर्षौंदेखि अलमलियौँ, कहिले बल्छ, कहिले जान्छ, धेरै दुःख पाएका थियौँ, गाउँमा विद्युत् नहुँदा यस ठाउँका नागरिक अन्धकारमा बस्नाका साथै सूचना सञ्चारको पहुँचबाट महिनौँ टाढा हुनु परेको थियो', कँडेलले भने, 'अब त्यो समस्या पूर्णरुपमा हट्नेमा हामीहरु विश्वस्त छौँ, अब एउटा मोबाइल चार्ज गर्न घण्टौँ टाढा पुग्नुपर्ने अवस्था हट्नेछ, गाउँमा कुटानी–पिसानी  पनि गर्न पाइने छ।'

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले यहाँका नागरिक महिनौँदेखि अन्धकारमा बस्दै आएको हुँदा तत्काल समस्या समाधान गरिएको बताए। उनले अधिकारीचौर, भैँसीखर्क, नाथुरीमा विद्युत् बलिसकेको र प्याङ्खोला, मस्ती, चौरलगायत ठाउँमा लाइन जडान भइरहेको जानकारी दिए। ती गाउँमा पनि केही दिनमै केन्द्रीय लाइन उपलब्ध गराइने छ। यहाँ विद्युत् विस्तार गर्दा रु ५० लाख भन्दाबढी खर्च भइसकेको उनको भनाइ थियो। यस वर्ष बागलुङमा विद्युत् प्राधिकरणबाट रु एक करोड र नेपाल सरकारबाट रु ९३ लाख विनियोजन भएककाले जिल्लाको सबै ठाउँमा काम तीव्र रुपमा भइरहेको उनले जानकारी गराए।

प्रमुख मरासेनीले भने, 'यस क्षेत्रमा मात्रै होइन, जिल्लाभर काम भएको छ, जिल्ला सदरमुकामतिरको भेगमा विद्युतीकरण भइसकेको छ भने अब पश्चिम बागलुङमा मात्रै विद्युत् विस्तार गर्न बाँकी छ, यस क्षेत्रमा पनि पर्याप्त बजेट पर्‍यो भने आगामी दुई वर्षभित्रमा विद्युतीकरण भइसक्नेछ, हामीहरुले त्यही हिसाबले काम गरिरहेका छौँ।' अधिकारीचौर क्षेत्रमा काम भइरहेको र  केही हप्ताअगाडि मात्रै यहाँको दुई सय ५० घरमा केन्द्रीय लाइन बलेको पुगेको थियो। 

पश्चिम बागलुङका लागि गलकोटमा सवस्टेसन निर्माण गरेर सञ्चालन गरिएको र बुर्तिबाङमा पनि एक सय ३२ केभीको सभ स्टेसन निर्माण भइरहको छ। यस वर्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्‍याउने गरी काम तीव्र गतिमा भइरहेको छ। गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि आफू विगतदेखि लागेको बताए। भौगोलिक विकटताका कारण यतिका समयसम्म निसी, भुजी र तमान क्षेत्रमा विद्यतीकरणका लागि आफूले पटक–पटक मन्त्रालय तथा प्राधिकरणका निर्देशकसँग आग्रह गर्दै आएको उनको भनाइ थियो। अहिले गाउँमा केन्द्रीय लाइन बाट बिजुली बल्न थालेपछि यहाँका नागरिकमा खुसी छाएको र दूरदराजका गाउँमा विद्युत् पुर्‍याउन आफूले सक्दो पहल गर्ने सदस्य कुँबरले जोड दिए।


प्रकाशित: January 24, 2023 | 22:00:00 काठमाडौं, मंगलबार, माघ १०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

थप समाचार

नेपाल समय
गण्डकी

बागलुङका किसानलाई गहुँको बिउ नै नबच्ने चिन्ता

यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा बागलुङका किसान निरास बनेका छन्। लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन्।
नेपाल समय
गण्डकी

पुरुष विदेश, महिला श्रमदानमा

गाउँका धेरै पुरुषहरु विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ ।
नेपाल समय
गण्डकी

अब कर्मचारीलाई विवाह बिदा पनि

गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने निर्णय गरेको छ।
नेपाल समय
गण्डकी

सेतीको सुरुङ

सेती नदीको बायाँ किनार तर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाई र सात मिटर प्रवेश सुरुङको काम सकिएको हो।
नेपाल समय
गण्डकी

न पानी पर्छ न हिउँ झर्छ ! हावामात्रै चल्छ मुस्ताङमा

गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नाङ्गा। हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ। सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना