२०७७ मंसिरमा देशभरका ७५३ मध्ये ६५५ तहमा निर्माण गर्ने गरी घोषणा गरिएका आधारभूत अस्पताल दुई वर्ष पुगिसक्दा कतै बनिसके पनि हस्तान्तरण भएनन्, कतै निर्माणको जगै हालिएको छैन भने कतै डिपीआर कोरेर टेन्डर सम्झौता गर्ने तयारी भइरहेको छ।
विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाडैं गर्नुपर्ने बताए। उनले बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरुलाई निर्देशन दिए।
मन्त्री गिरीसहितको टोलीले औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाका विभिन्न शाखा र महाशाखा अनुगमनका क्रममा विभागलाई दर्ता, नवीकरण सहज बनाउन निर्देशन दिएको हो।
धुलिखेल अस्पताल, नेपाल चिकित्सक संघ, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, सुष्मा कोइराला मेमोरियल अस्पताल, मनमोहन सामुदायिक अस्पताललगायतले अघिल्ला वर्षमा बेरुजु फस्र्याेट नगरे पनि नियमित अनुदान लगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
विश्वव्यापी रुपमा नसर्ने रोगहरुमध्ये मुटुरोग एक प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको छ। यसका मुख्य कारणमध्ये मानिसको जीवनशैली पनि एक हो। यसबाट करोडौं मानिस प्रभावित हुँदै आएका छन् र लाखौंले अकालमै जीवन गुमाइरहेका छन्।
‘स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या छन्। गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइसकेका छैनन्। एउटा मानिस बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार गर्नुपरेको छ,’ उनले भने।
आर्थिक वर्ष २०७९–०८० मा यो संख्या २ हजार २८५ अर्थात ०.८१ प्रतिशत छ। तर अझै नेपालका १६ जिल्लामा भने प्रति १० हजार १ भन्दा धेरै नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ।
सुर्खेतमा पनि पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
मंगलबार साँझ करिब ८ बजे स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा प्रेमको स्वास्थ्यवस्थाा बुझ्न बर्न हस्पिटल पुगेकी थिइन्। अस्पतालको बेड नम्बर ४०७ मा थिए प्रेम आचार्य। उनलाई पूर्णरुपमा अक्सिजन दिइएको थियो।