पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन्। यस वर्ष जुम्ला ल्याएका भेडा बाजुरा, जाजरकोट लगायत जिल्लाका हुन्।
अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन्।
सहरमा घर बढ्दै जाने र जमिन घट्दै जाने क्रम बढ्ने भएकाले उनले कौसीमा नै खेती गर्ने सोच बनाइन्। तर कौसी खेतीलाई व्यवसायिक बनाउने उनको सोच चाहिँ त्यसबेला थिएन।