उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरूको क्षमता बढाउन आवश्यक रहेको बताएका छन्।आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन्।
सरकारले आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका छन्। उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए तत्काल आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
नौ वर्ष पहिले विसं २०७० मा कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ढुङ्गानाको फर्ममा अहिले २२ मुर्रा जातका भैंसी र दुई जर्सी गाई दुहुना छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। कुल गार्हस्थ्य उत्पादन बढाउन, उच्च मूल्य वृद्धि हुने गरी नेपालका उद्योग व्यवसाय सहयोग गर्ने बजेटमा भनिएको छ।
सुरुमा च्याउमा मात्रै केन्द्रित रहेका तामाङ र थापाले अन्य धेरै सम्भावना देखे। केही नयाँ उपाय उनीहरुकै दैलोमा आएझैं भयो। चिनेका साथीभाइले सहयोग गरे। विज्ञ तथा अनुभवीले बाटो देखाए।
कोरोना संक्रमणका कारण २ वर्षअघि भारतबाट उनी घर फर्किए। घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौंधौं पर्यो। अनि घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरूपमा बंगुुरपालन सुरू गरे।
बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच-सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्।