काठमाडौं– निर्वाचन आयोगले अनलाइनमार्फत ७७ वटै जिल्लाबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने भएको छ। आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अनलाइनमार्फत गरिने बताएको हो।
आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले २ माघबाट नामावली दर्ता प्रक्रिया सुरु हुने जानकारी दिए। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भएपछि १९ साउनदेखि मतदाता नामावली दर्ता स्थगित भएको थियो।
नामावली दर्ता प्रक्रिया सुरु हुँदा बाहिरी जिल्ला मतदाता नामावली संकलन गर्न, आफ्नो मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन चाहे आवश्यक प्रमाणसहित अनलाइन नै आवेदन दिन सकिनेछ। मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारको कुनै सदस्यले प्रमाणपत्रसहित निर्वाचन कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ।