शनिबार, माघ २१, २०७९

दुई शिक्षकको भरमा विद्यालय, डेढ सय विद्यार्थी एउटै कक्षामा

नेपाल समय  |  काठमाडौं, आइतबार, पुष २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुष २४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्। नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो। विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन्।

शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ। यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपरिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताए। सो विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १ देखि ८ सम्म दुई सय ६९ विद्यार्थी अध्ध्यनरत छन्।

कक्षा छ मा ४०, कक्षा सातमा ५७ तथा कक्षा आठमा ५४ विद्यार्थी अध्ययनरत रहेका प्रअ यादवले बताए। ‘डेढ सय विद्यार्थी एउटै ठाउँमा राखेर पढाउनु परिरहेको छ’, उनले भने, ‘यसरी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थीलाई असहज हुने गरेको छ, यो बाहेक हामीसित अरु उपाय छैन।’

विद्यालयमा निमावि राहततर्फ एउटा तथा प्राथमिक तहमा दुई स्थायी दरबन्दी खाली छ। विद्यालयको समस्याप्रति गाउँपालिका शिक्षा शाखा अनभिज्ञ छ। शाखा प्रमुख दिनेशकुमार मण्डलले यसबारे विद्यालय, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई जानकारी हुनसक्ने बताए।

विद्यालयमा चार बजेसम्म पठनपाठन कमै हुने यहाँ अध्ययनरत विद्यार्थी बताउँछन्। ‘दुई बजेपछि विद्यालयमा खासै पढाइ हुँदैन, त्यत्तिक्कै बसेर के गर्नु?’, कक्षा सातमा अध्ययनरत रञ्जना मण्डलले भनिन्, ‘सबै विषयको पढाइ कहिल्यै हुँदैन।’

बालविकास कक्षा सहयोगी निलमकुमारी राम एउटै ठाउँमा धेरै विद्यार्थी राखेर पढाउँदा पठनपाठन प्रभावकारी नहुने बताउँछिन्। ‘शिक्षक अभावले तीन कक्षाका विद्यार्थी एउटै ठाउँमा राख्नुपर्ने बाध्यता छ, विद्यार्थीलाई सम्हाल्नै मुश्किल हुन्छ।’

प्रअ यादवका पनि आफ्नै समस्या छन्। ‘विद्यालयकै कामले विभिन्न ठाउँमा जानुपर्ने हुन्छ, सधैँ विद्यालयमा भइन्न’, उनले भने। विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश यादवले दरबन्दी अनुसारको शिक्षक नआउँदासम्म समस्या भइरहने बताउँछन्।

बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव चाँडै दुई शिक्षक नीजि श्रोतमा राखेर समस्या समाधान गरिने बताउँछन्। विद्यालयमा शिक्षक मात्र होइन फर्निचरको समेत अभाव छ। ‘सबै विद्यार्थीलाई बस्न बेञ्चको अभाव छ’, प्रअ यादवले भने। विद्यालयसित रहेको सात कठ्ठा जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ। विद्यालयको पर्खाल समेत छैन। प्रदेश सामाजिक विकास मन्त्रलयअन्तर्गतको सामाजिक विकास एकाइको सहयोगमा रु २५ लाखको लागतमा हालै दुईकोठे पकी भवन निर्माण गरिएको छ। ५० लाखको लागतमा यहाँ चारकोठे भवन निर्माण गरिँदैछ।  -रासस


प्रकाशित: January 8, 2023 | 20:00:00 काठमाडौं, आइतबार, पुष २४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

थप समाचार

नेपाल समय
शिक्षा

विद्यार्थीलाई वनभोजसँगै मनोपरामर्ष

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ ले मेलम्ची वडा नं ९, गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी विद्यार्थीलाई मनोपरामर्ष ज्ञान दिँदै सोमबहादुर तामाङ।
नेपाल समय
शिक्षा

पठन संस्कृतिका लागि गाउँमै सार्वजनिक पुस्तकालय

सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर सार्वजनिक पुस्तकालय।
नेपाल समय
शिक्षा

विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न मन्त्रालयको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ।
नेपाल समय
शिक्षा

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन सुझाव

मन्त्रालयले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरेको हो।
नेपाल समय
शिक्षा

१ वैशाखबाट विद्यालय तहको शैक्षिक सत्र कार्यान्वयन

कोरोना महामारीका कारण बिथोलिएका तीन वटा शैक्षिक सत्र आगामी १ वैशाखदेखि पुरानै लयमा हिँड्ने।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना