शनिबार, माघ २१, २०७९

कृषिले दिएको इज्जत र आम्दानी

नेपाल समय  |  काठमाडौं, आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९, काठमाडौं

नेपाल समय

पाल्पा- समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन। समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे। आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे

समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएकी छन्, भगवती देवकोटा। रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई चार पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुपर्यो। हिजोआज भने सोही समुदायले उनको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ। 

लामो समयसम्म यस व्यवसायमा रहेकी देवकोटाले धेरै अनुभव स‌गालेको हुँदा छिमेकी पनि उनीसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन्। समाजमा शिक्षा र चेतनाको विकाससँगै विभिन्न निकायबाट कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, एफएम रेडियो, टेलिभिजनलगायतका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह हुन थालेपछि अहिले यस व्यवसायमा सबैका सामु देवकोटा उदाहरणीय किसान बनेकी छन्।

'परिवारमा धन कमाउने नहुँदा घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउन धेरै समस्या भएपछि तरकारी लगाइयो, बेच्न जाँदा समाजमा नानाथरि कुरा गर्ने, रात पर्न थालेपछि लुकेर बजारमा गएर तरकारी बेचेर घर फर्केका क्षण अहिले ताजै छन्', उनले भनिन्। आजभन्दा करिब एक दशक अघि उनले फलाएका तरकारी आनन्दले बिक्री गर्ने वातावरण समाजमा थिएन। त्यस समयमा तरकारी बेच्ने किसानलाई समाजले तल्लो दर्जाको रुपमा हेर्ने गरेको उनको अनुभव छ। 

आफैँले उत्पादन गरेका तरकारी, दिउँसो टिपेका साँझपखको समय छिमेकीले देख्ने डरले मौका छोपेर लुकेर घरबाट निस्कन्थिन्। छोराछोरीको पढाइ खर्च, घर व्यवहार धान्न कमाइ नहुँदा उनलाई आम्दानीको निम्ति तरकारी लगाउँदा समाजको नकारात्मक भनाइ र व्यवहारले बेला बेलामा पिरोल्थ्यो। 

'आफूले उत्पादन गरेका कृषिउपज ढुक्कले बजारमा गएर बिक्री गर्न डराउनुपर्ने थियो', उनले भनिन्, 'अहिले समाजको सोचाइ बदलिएको छ, किसानलाई सम्मानित पेसाका रुपमा लिँदा व्यवसायमा उत्साह बढेर आउँछ, सकुञ्जेलसम्म कृषिमै रमाउने हो।' दैनिक त्यस समय रामपुरको बेझाड बजार चोकको चौतारीमा ४५ मिनेट हिँडेर बोरामा तरकारी बोकेर हस्याङफस्याङसँग पुग्थिन् उनी। तरकारी बेचेको रकमले घरायसी सामग्री किन्थिन्। तरकारी बजारमा बेच्न जाँदा अनेक कुरा गर्नेहरु अचेल तरकारी खेतीको सिको गर्छन् र प्रशंसा गर्छन्।

उनले सालिन्दा पाँचसात रोपनीमा समयानुसार विभिन्न जातका तरकारी लगाउँछिन्। घरायसी प्रयोजनका अलावा वार्षिक रुपमा खर्च कटाएर रु दुई लाख तरकारीबाटै आम्दानी गर्दै आइरहेको उनका श्रीमान् पूर्णचन्द्र देवकोटाले बताए। श्रीमान् श्रीमती यस व्यवसायमा संलग्न छन्। तरकारी खेतीको रेखदेखमै दिन बितेको पत्तो हुँदैन। स्थानीय बजारमै तरकारी खपत भइरहेकाले बिक्री गर्ने झण्झट नभएको पूर्णचन्द्रको भनाइ छ। उनको खेतबारीमा काउली, बन्दा, आलु, धनियाँ, मुलालगायतका हरियाली तरकारी छन्। उनहरुले घरका खाली आँगनसमेत तरकारीले हराभरा बनाएका छन्।


प्रकाशित: January 22, 2023 | 00:00:00 काठमाडौं, आइतबार, माघ ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

थप समाचार

नेपाल समय
अर्थ

आईएमएस ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा गुनासो सम्बोधन गर्ने

आईएमएस ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित गुनासोलाई सम्बोधन गर्ने जनाएको छ।
नेपाल समय
अर्थ

खुल्न छाडे नयाँ उद्योग, ६ महिनामा १४५ मात्रै दर्ता

चालू आवको पुस मसान्तसम्म ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन्।
नेपाल समय
अर्थ

वायुसेवा सञ्चालक संघको दाबी– नेपालको हवाई अकास र उद्योग दुवै सुरक्षित

उड्डयन प्राधिकरणले ल्याएको नयाँ नियम कार्यान्वयनमा गएपछि हवाई उडान थप सुरक्षित र भरपर्दो हुने सरोकारवालाको धारणा।
नेपाल समय
अर्थ

स्थानीय तहलाई २० प्रतिशत खर्च कटौती गर्न काटियो पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई चालू खर्चमा २० प्रतिशत कटौती गर्न परिपत्र गरेको हो।
नेपाल समय
बैंक/बिमा

६ महिनामा बैंकिङ कसुरका मुद्दा ३ हजार पुगे

पछिल्लो बैंकिङ कसुरका सयौं आरोपी फरारको सूचीमा रहेको र प्रहरीमा बैंक तथा वित्तसम्बन्धी मुद्दा दर्ता बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंको तथ्यांक।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना