वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए।
फेसबुकमा किसान आन्दोलनको तस्बिरसहित स्टाटस लेख्दै उनले आफूहरुलाई समस्या थाहा भएको र समाधान खोज्ने बताएका छन्। उनले चितवनबासीलाई केही दिनमा भेट्न आउने पनि उल्लेख गरेका छन्।